बिरामीको अनुभव: जिन्दगीका धेरै अनुभवहरूमध्ये हाम्रो दोस्रो सन्तानको जन्म सिद्धि स्मृति अस्पतालमा हुनु हाम्रो लागि साँच्चै अविस्मरणीय रह्यो। गर्भावस्थादेखि शल्यक्रिया, सुरक्षित प्रसूति र नवजात शिशुको NICU उपचारसम्मको यात्रामा सम्पूर्ण सिद्धि स्मृति अस्पतालका चिकित्सक, नर्स, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूको समर्पण, माया र सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। अस्पतालका सबै विभागबाट प्राप्त उत्कृष्ट सेवा, सहज समन्वय, आत्मीय व्यवहार र गुणस्तरीय उपचारले हामीलाई अत्यन्त सन्तुष्ट बनाएको छ। यहाँ बिताएका दिनहरूका सकारात्मक अनुभवहरू सधैं हाम्रो सम्झनामा रहनेछन्। सम्पूर्ण सिद्धि स्मृति अस्पताल परिवारलाई सधैं राम्रो व्यवस्थापन र निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछौं।

पुष्प राज सारस्वकर्मी र गोमा श्रेष्ठ (सारस्वकर्मी)
चा.न.पा, सुडाल ८, भक्तपुर