अविस्मरणीय क्षण

अविस्मरणीय क्षण

त्यो भयावह दिनलाई सम्झँदा अहिलेसम्म पनि कहाली लागेर आउँछ । सायद कसैले मुटुमा घोचेको भए त्यति वेदना हुँदैनथ्यो होला, जति एक्लो छोरा; त्यो पनि दोश्रो छोरी पाएको नौ वर्षको अन्तरालमा प्राप्त भएको सिद्धि सुन्दरको मृत्युको अत्यन्त दुःखद समाचारले मलाई दुःखित र शोकाकुल तुल्याएको थियो । सामाजिक परिवेशमा छोरा हुनुपर्छ भन्ने मान्यता त छँदै छ, त्यस अर्थले हामी निकै खुशी थियौं छोरा भएकोमा ।
अकस्मात् छोराको देहावसानको घटनाले हाम्रा कल्पना तथा परिकल्पनाहरु छताछुल्ल भए । बेहोसी र अर्धचेतनाको अवस्थामा रहँदा रहँदै लामो सुस्केरा पश्चात् होसपूर्वक हामी यो निष्कर्षमा पुग्यौं कि यदि भक्तपुरमा राम्रो स्वास्थ्य सेवा प्रदायक केन्द्र वा अस्पताल भई दिएको भए शायद हाम्रो छोरा बाँच्दथ्यो कि ! तर दैवको अगाडि हाम्रो केही लाग्दो रहेनछ । तसर्थ हामीले कोही पनि बालबालिकाले अकालमा मृत्युवरण गर्नु नपरोस् र बिरामी भएकाले अन्यत्र शहरमा जानु नपर्ने गरी भक्तपुरमै उपचार सम्भव होस् भन्ने मनसायले छोरा सिद्धि सुन्दरको नाममा सुरुमा बाराही पीठमा सिद्धि स्मृति स्वास्थ्य सेवा केन्द्र स्थापना ग¥यौं । मेरा सहयात्री पति श्याम सुन्दरको अठोट र प्रयत्नले आज भक्तपुरमा सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गत
सिद्धि स्मृति महिला तथा बाल अस्पताल र सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रमले ठूलो स्थान नाम पाएकोमा म दिवंगत छोरा सिद्धि सुन्दरको सिद्धात्माप्रति नमन गर्दछु ।
यस सिद्धि स्मृति प्रतिष्ठानको उन्नति र प्रगतिमा सहयोग पु¥याउने सहयोगी हातहरुलाई चुम्बनका साथ हृदयले मुरी मुरी धन्यवाद ज्ञापन गर्दछु । आशा एवम् पूर्ण भरोसा छ कि आगामी दिनहरुमा यस प्रतिष्ठानको उन्नति एवम् प्रगतिमा यहाँहरुबाट आवश्यक सहयोग, सदिक्षा र सत्पे्ररणा प्रतिष्ठानले निरन्तरता प्राप्त गर्न सफल होस् । अस्तु !
रन्जना धौभडेल – उपाध्यक्ष

Other Stories

The Turning Points of My Life – Shyam S Dhaubhadel, Founder

My mother Krishna Kumari Dhaubhadel brought me into this world on 07/12/1952 as a fifth child from her womb...

A Letter From The Heart

integral and prominent part of my life. Today the word “Siddhi” SMF, needs no introduction for its immense and...

My Brother Siddhi – An Angel

The incident of 8th Oct 1993 is still fresh in my mind when my brother Siddhi passed away in...

The story of Siddhi Memorial Foundation – a story of success

The founding of Siddhi Memorial Foundation was a consequent step forward in developing medical support for all groups of...